सत्ताईस महिने भतिजी मारेको आरोपमा ३८ वर्षे बासुदेव ढकाल पक्राउ परेका छन्।
सोमबार दिउँसो १ बजे चापाकोट नगरपालिका—७ पिपलछाप निवासी आफ्नै सहोदर भाईका छोरी नाबालिका(सुबिना ढकाल)लाई ज्यान मार्ने मनसायलिई भुईंमा पछारेका ठूलाबाउ (बासुदेव)लाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो। प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘नाबालिका ढकालका दुबै खुट्टा समाई टाउकाको भाग पटकपटक जमिनमा पछारी अचेत बनाई छाडेको र उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो।
नबालिकाको शव परिक्षणका लागि सोमबारै पोखरा पठाइएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको शव पोष्टमार्टमपछि मंगलबार आफन्तलाई बुझाइएको छ। घटनाका आरोपी ढकाललाई ज्यान सम्बन्धी कसुर मुद्धा दर्तागरी स्याङ्जा अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ। कसरी नाबालिकालाई मार्ने मानसायले यस्तो घटना घटाइयो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाई छ।














प्रतिक्रिया