काठमाडौँ , १६ माघ । बानेश्वरको नजिकै एउटा अनौठो चिया पसल छ । त्यो पसलको नाम हो जुगाड फुड । जुगाड फुड विभिन्न खेर गइरहेका पुराना सामाग्रीहरुको जुगाड गरेर संचानलनमा ल्याइएको चिया पसल हो । जुगाडका संचालक हुन् सुर्य न्यौपाने र ममता न्यौपाने । नामै जुगाड, यहाँ भएका अधिकांश सामान पनि जुगाड गरेरै राखिएको छ। बस्नका लागि पुराना टायर। टेबलका रूपमा पुराना साना , ठूला साइकल चिटिक्क पारिएको।
सामान्यतया साना होस् वा ठूला होटल, महँगा फर्निचर राख्दा ग्राहक आकर्षित हुन्छन् भन्ने सोचिन्छ। तर न्यौपाने दम्पत्तीले यो सोच राखेनन्।
जुगाडको साजसज्जामा पुराना टायर, साइकलसँगै मुडा, नाङ्लो, लुगा सिलाउने मेसिन, ड्रम लगायत प्रयोग गरिएको छ। उनै न्यौपाने दम्पतिसंग हामिले केहि विषेश कुरा गरेका छौँ
थप कुरा भिडियोबाट :
प्रतिक्रिया