नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन्।














प्रतिक्रिया