पार्टी एकता अभियानमा लागेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल नयाँ पार्टी खाेल्ने वा कुनै विचार मिल्ने पार्टीमा जाने भन्ने कुनै निर्णयमा पुगेका छैनन् । साविक नेकपा विभाजनपछि पार्टी एकता अभियानमा लागेका उनी हाल एमाले उपाध्यक्षबाट राजीनामा दिएर बसेका छन् । तर, अहिले नयाँ पार्टी खोल्न लागेको चर्चा चलेपछि गौतमको लामो समयदेखि प्रेस सहयोगी रहेका विश्वमणि सुवेदीले गौतमले नयाँ पार्टी नखोल्ने जिकिर गरेका छन् ।
विचार मिल्ने पार्टीमा आबद्ध हुने अवस्था नरहेको अवस्थामा नयाँ पार्टी खोल्न सकिने गौतमको बुझाई रहे पनि अहिले नै यसबारे निर्णयमा पुगिनसकेका हुन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले यसबारे जानकारी दिँदै सकभर विचार मिल्नेसँग आबद्ध हुने प्रयास गरिने बताए ।
दुई विकल्पमध्ये पहिलो विचार मिल्नेसँग आबद्ध हुने र दोस्रो विकल्पमा नयाँ पार्टी खोल्ने गौतमको तयारी छ । तर, पहिलो विकल्पमा गौतम रहेकाे सुवेदीले जानकारी दिए । यसर्थ गौतमले तत्काल नयाँ पार्टी खोल्ने तयारीमा छैनन् । यसबारे सुवेदीले प्रष्टाएका छन्, ‘पहिलो विकल्प, कुरा मिल्ने पार्टीसँग कुरा मिलाउन अधिकतम प्रयास गर्ने । दोस्रो विकल्प, कतै कुरा मिलेन भनेमात्रै अर्को पार्टी गठन गर्ने । यीमध्ये अहिले उहाँ पहिलो विकल्पमै हुनुहुन्छ ।’














प्रतिक्रिया