मन्त्री झाँक्रीको कडा निर्देशन (भिडियो सहित)


काठमाडौँ , १९ माघ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकी छिन् ।

बुधबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री झाँक्रीले सडकमा निर्माण समाग्री राख्दा दोहोरो आवतजावतमा कठिनाई भएको भन्दै सडक ओगटेर राखिएका निर्माण सामग्री हटाउन निर्देशन दिएकी हुन् । मन्त्री झाँक्रीको निर्देशन पछि केहि स्थानमा रहेका निर्माण सामग्रीलाई डोजर लगाएर काठमाडौं महानगरले हटाएको थियो । त्यस्तै उनले जथाभावी पार्कीङ र फुटपाथका पसल पनि हटाउन निर्देशन दिएकी हुन् ।

मन्त्री झाँक्रीले धोबीखोला करिडोरमा सहज रुपमा सवारी आवतजावत हुनुपर्ने भन्दै अतिक्रमण भएका फुटपातलाई खाली गराउने बताएकी हुन् ।
थप जानकारि भिडियोबाट :