दुखद खबर: पर्सामा दुवै डोज खोप लाएका संक्रमितको मृत्यु !


पर्साको वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । रौतहट दिपही माधव नारायण नगरपालिकाका १ का ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

उनको शनिबार १०:५५ मिनेटमा नारायणी अस्पतालमा मृत्यु भएको हो । उनलाई शुक्रबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजेन परीक्षणबाट उनमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका कोभिड संयोजक डा उदयनाराण सिंहका अनुसार उनलाई निमोनियासँगै मुटु रोग र घाँटीमा पनि समस्या थियो । उनले भेरोसिलको दुवै डोज खोप लगाएका थिए ।