पर्सामा १००S ग्रुप पर्सामा समिति गठन


काठमाडौँ , २३ माघ । समाजसेवी बब्लु गुप्ता नेतृत्वको संस्था १००S गु्रपको विरगञ्ज पर्सा जिल्ला समिती गठन भएको छ । बिशेष शाहको संयोजकत्वमा १३ सदस्यीय समिती शनिबार गठन भएको हो ।
प्रदेश नम्बर दुइमा समिति गठन भएको बताइएको छ । समितिको सहसंयोजकमा विक्की सराफ , कोषाध्यक्षमा मधुरंजन शाह, सचिवमा राहुल पटेल , शहसचिवमा सुनिल पटेल , स्वयमसेवक प्रमुखमा सोनु पटेल, त्यस्तै स्वयंमसेवक प्रमुख अजय प्रकाश गिरि र सदस्य संयोजक अन्केश पाण्डेय , कानुननि सल्लाहाकार अनिल शाह , संचार प्रमुख आयुश बर्नाल , संचालन प्रमुख, अनिल गिरि , व्यवस्थापन प्रमुख विकाश गुप्ता , व्यवस्थापन प्रमुख आकाश भगत रहेको संयोजक बब्लु गुप्ताले जनाएका छन् ।
संयोजक गुप्ताका अनुसार टिमलाइ आगामी एक वर्ष भित्रमा समिति देशैभर बनाउने योजना छ ।