काठमाडौंबाट ९ सय एम्पुल लागुऔषध सहित २ युवा पक्राउ !


काठमाडौं महानगरपालिका–३१ स्थित नरेफाँट मनहरा करिडोरबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएर अहिले ललितपुरको इमाडोल बस्दै आएका २० वर्षीय अनुज मण्डल र २० वर्षीय अबिशेष शाह छन् ।

https://www.youtube.com/watch?v=bPJLIP4N26Q&t=557s

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले अरोपीहरुको साथबाट ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल नुफ्रिन र ३ सय एम्पुल फेनारगन बरामद गरेको छ । आरोपीहरुमाथि लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ‘एसपी’ दिनेशराज मैनालीले बताए ।