काठमाडौँ , २४ माघ । गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको नयाँ गीत ‘पैसा’ पनि विवादमा पर्ने देखिएको छ। छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ। विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आक्रोश पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई कारबाही नै गर्न माग गरेका छन्।
अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य साया किरण लेख्छिन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो को हो ? अझै आफूलाई आफैंले नारीवादी घोषणा गर्नेहरू त्यहीँ रमाउँदै छन्, कलाकार भनेको के थाहा यो अभद्र, अश्लील मान्छेलाई यस्ता कलाकार भनाउँदालाई अझै वाह वाह गर्नेहरू कुन दर्जाका मान्छे हुन् ।यसलाई जहाँ भेटिन्छ, त्यहीँ दनक दिनुपर्छ। परेको बेहोर्न तयार । उनको यो भनाई पछिल्लो समय सामाजिक संजालमा चर्चित भइरहेको छ ।
भिडियो
प्रतिक्रिया