एमालेले नै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ग्रीन सिग्नल आउने वित्तिकै प्रस्ताव दर्ता गर्ने तयारी भएको बुझिएको छ । महेश बस्नेतले त सभामुखलाई हटाउने प्रस्ताव ल्याउन एक सयजना सांसदको हस्ताक्षर तयारी अवस्थामा राखिएको खुलाइसकेका छन् । प्रस्ताव केही दिनमै दर्ता गर्ने गरी ठिक्क पारिएको बुझिएको छ ।
प्रतिनिधि सभा नियमावली अनुसार सभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्न कुनैपनि सांसदले एक चौथाई सांसदहरुको हस्ताक्षरसहित बुझाउनुपर्नेछ । सभामुखले पद अनुकूल आचरण नगरेको भन्दै यस्तो प्रस्ताव आउन सक्छ । संविधान अनुसार सभामुखलाई पदमुक्त गर्न उक्त प्रस्ताव दुई तिहाईले पारित हुनुपर्छ ।विश्वस्त स्रोतका अनुसार देउवा र ओलीबीच चुनावको मिति तोक्ने र एमसीसी पारित गर्ने भद्र सहमति बनेको छ । एमसीसीमा सभामुख अवरोध बनेमा हटाउनेसम्मको तयारी भएको छ । सभामुखलाई हटाउन संसदको अंकगणितले उत्तिकै भूमिका खेल्छ । संसदमा २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ बहाल छन् । एक तिहाई सदस्य नेकपा एमालेको मात्र पुग्छ । त्यसैले एमालेले नै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।
प्रस्ताव पेश भएमा पारित हुन दुई तिहाई मत हुनुपर्ने प्रावधान छ ।संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ ।
नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् । सभामुखले पनि हटाउने प्रस्तावमा छलफल र मतदान गर्न पाउने व्यवस्था भएकाले २६५ बहाल सांसद मानिन्छ ।
https://www.youtube.com/watch?v=DSgMMiOtGEk














प्रतिक्रिया