काठमाडौँ , २५ माघ । युवाहरुले एमसीसी विरुद्ध राँके जुलुसको प्रदर्शन गर्दै संसद भवन बानेश्वर चोक अगाडी लगभग ५ मिनेट सम्म युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शन गर्ने तिन युवाहरु पक्राउ परेका छन्। अभियान्ता बब्लु गुप्ता, हेमराज थापा, बिमल पन्त, जेरी ताम्राकार,शोम शर्मा लगायतका युवाहरुले प्रदर्शन गरेका हुन् । ठाउँ ठाँउमा भेला भएर टायर नै बालेर उनिहरुले नो एमसीसी भन्दै चर्को नाराबाजि गरेका हुन् ।

प्रदर्शनको क्रममा केहिबेर स्थीति तनावग्रस्थ भएको थियो । एमसीसी राष्ट्रघाति भएकोे र यसलाइ रोक्ने युवाहरुको चर्को विरोध थियो । उनिहरुले जस्तो सुकै आन्दोलन गर्ने पनि बताएका छन् ।














प्रतिक्रिया