अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘लामो समयदेखि कोभिड संक्रमणका कारण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । आम विद्यार्थीहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दछौं । स्वास्थ्यसम्बन्धी संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्नपनि माग गर्दछौं । स्वास्थ्यलाई निःशुल्क गराउन पहिलो चरणमा टिचिङ, वीर अस्पताल र पाटनजस्ता सरकारी र सामूदायिक अस्पतालमा विद्यार्थी, किसान र मजदुरलगायत आर्थिक अभावमा बाँचेको वर्गका नागरिकको उपचारमा चेकजाँच दर्ता निःशुल्क बनाएर सहज उपचार गर्ने वातावरण निर्माण गर्न अनेरास्ववियु जोडदार माग गर्दछ।’