झापामा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ।
बुधबार दिउँसो १ बजे दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गौरादह नगरपालिका-१ गौरादह-पाडाजुङी सडकखण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलबाट उनी अचानक लडेकी थिइन्। त्यसैबीच दक्षिणबाट उत्तर जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले उनलाई किचेको थियो।
किच्दा उनको घटनास्थलमै मृत्यु भएको कार्यालयले जानकारी दिएको छ। मोटरसाइकल चालक नन्दलाल दाहाल भने सकुशल छन्। हिमादेवीलाई किचेर ट्रक पनि बाटो छेउमा पल्टेको थियो। ट्रक चालक गौरादह -१ बस्ने ३६ वर्षीय सन्तोष अधिकारीलाई नियन्त्रणमा लिएको छ। उनलाई ट्रकसहित उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।














प्रतिक्रिया