एउटा दुध बेच्न हिड्ने साधारण किसान रमेश प्रसाद आचार्यले व्यास नगर मेयर बन्ने सपना देख्नुभएको छ ।
व्यास नगरपालिका वडा नं. ११ का बासिन्दा आचार्य ”आफुले दुः ख गरेर आफ्नो कर्म गरेर खाएको र व्यास नगरवासीले मेयरमा विजयी बनाएपनि किसानी काम नछोड्ने भएकोले आम मतदाताले आफुलाई विजयी बनाउनुपर्ने ” बताउनुभएको छ ।’‘म शिक्षित पनि छु, वैदेशिक राजगारीको सिलसिलामा विदेशमा बस्दा नगरको विकास कसरी गर्न सकिन्छ अध्ययन पनि गरेको छु म मेयर बने भने पनि काम गर्न सक्ने भिजन भएको युवा हुँ , म मेयर बनेपछि ठुलो मान्छे बने भन्ने सोचेर किसानी पनि छोड्दिन र जनताको कामको लागि समय दिन कुनै कन्जुस्याई गर्दिन ” उहाँले भन्नुभएको छ ।
”जनप्रतिनिधि भएपनि आफ्नो धरातल नबिर्सने मानिस चाहिएकोले म मेयर भएपछि पनि समय मिलाएर आफ्नो काम दुध बेच्न हिड्ने नै छु , जनप्रतिनिधि भएपछि म त राजा नै भए भन्ने संस्कारको विकास भएकोले म मेयर बिजयी भएपनि यस्तै साधारण किसान रहनेछु आफ्नो कार्यकाल सकेपछि पनि साधारण किसान रहनेछु । दुध बेचेर गाडि किन्न सकेभने ठिक छ नत्र जनताको पसिनाको राजश्वमा तर मारेर गाडि चढ्ने छैन” उहाँ अगाडि थप्नुहुन्छ ।
लामो समयसम्म कम्युनिष्ट राजनितिमा सक्रिय रमेश आचार्य पछिल्लो समय विवेकशिल साझा पार्टीमा आवद्ध हुनुहुन्छ । केहि बर्ष अगाडि गठन भएको उहाँको पार्टी पछिल्लो समय फुटबाट गुज्रिएको छ । कडा र आफ्नो कुरा प्रष्ट राख्ने स्वभावका आचार्यको आकांक्षा स्वभाविक रहेपनि व्यासमा उहाँको पार्टीको उपस्थिति तनहूँमा खासै उल्लेखनिय देखिएको छैन ।














प्रतिक्रिया