‘सागरसरी’बाट ‘नोगेन’को संगीतचोरियो: वसन्त


गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बुको स्वरमा केही दिनअघि सार्वजनिक गीत ‘नोगेन’को संगीतको अंश चोरी भएको संगीतकार वसन्त सापकोटाले आरोप लगाएका छन् ।

सार्वजनिक भएको तीन दिनमै युट्युबमा २० लाख भ्युज बटुल्न सफल यो गीतको अंश आफूले संगीत भरेको चलचित्र ‘सिलसिला’मा समावेश ‘सागरसरी चोखो माया’ गीतबाट चोरिएको वसन्तको दाबी छ ।

वसन्तले भने, ‘मेरो आशा बन्यौं नोगेन’ लाइनको संगीत ‘सागरसरी चोखो’बाट झिकिएको हो । मैले यो विषयमा संगीतकार महेश खड्कासँग कुरा पनि गरेको छु । तर उहाँले मलाई ‘समर्पण’ चलचित्रको ‘मलाई फूल्न देऊ’ बोलको गीतको अंशबाट आफूले लिएको बताउनुभयो । ‘मेरो आशा बन्यौं नोगेन’ गीतमा एक ठाउँमा मात्र प्रयोग भएको भए म पनि केही भन्दिनथें । तर गीतको मुख्य अंश नै यही छ र बारम्बार प्रयोग भएको छ ।’