प्रचण्डको प्रस्ताव देउवाद्वारा ठाडै अस्वीकार, एमसिसि संसोधन बिनै पास हुन्छ


सत्ता गठबन्धन पनि जोगाउने एमसीसी पनि चुनाव पछि धकेल्ने प्रस्ताव लिएर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । उनको साथमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि थिए ।

देउवाले भने प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरे । उनले एमसीसी थाती नराख्ने भन्दै छिटो निर्णय दिन भने । १६ फागुनको समयसीमा अगावै संसदमा टेबुल गरेर पारित गर्न आफू बढ्ने देउवाको स्पष्ट जवाफ रहेको विश्वस्त स्रोतले बताएको छ ।

माधव नेपालले पनि गठबन्धन टुट्न दिन नहुनेमा जोड दिए । उनले मध्यमार्गी बाटो निकाल्न जोड गरे । एमसीसी संशोधनको प्रयासमा समेत जानुपर्ने भने । देउवाले भने एमसीसी संशोधनका लागि अमेरिका तयार नभएको स्पष्ट पारिसकेको भन्दै पारित गर्नुको विकल्प नभएको जवाफ दिएका थिए । एमसीसीबारे भ्रमहरु फैलाइएको भन्दै देउवा आक्रोशित समेत भएका थिए । उनी कडा रुपमा प्रस्तुत भएपछि प्रचण्ड र माधव नेपाल निराश भएर फर्किएका थिए ।