‘हनी बनी’ मा अनमोल अनुबन्धित : ७ करोड लगानीमा बन्दै


निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायक अनमोल केसी अनुबन्धित भएका छन् ।

केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । बुझिए अनुसार, अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा फिल्म साइन गरेका हुन् । फिल्ममा उनी लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने छन् । ७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई एबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो । फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् l