४ किलो अवैध सुन बोकेर दुवईबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ


चार किलो सुन बोकेर दुवईबाट नेपाल आएका चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार बिहान ९ बजेटको हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएको छ ।

चिनियाँ नागरिक झांग लिले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भन्सार कार्यालयलाई छलेर अगाडी बढेका थिए । उनीमाथि शंका लागेर नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा ४ किलो ८४० ग्राम सुन भेटिएको भन्सार कार्यालयले जानकारी दिएको छ । चेकजाँचका क्रममा उनले अवैधरूपमा सुन ल्याएको पाइएपछि नियन्त्रणमा लिएर अनुन्धान अगाडि बढाइएको कार्यालयले जानकारी दिएको छ ।