अन्तत: ह्याकर पन्जाबाट फर्कियो ‘भिटेन’ को युटुब च्यानल !


५ दिन अगाडी ह्याक भएको चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ को युटुब च्यानल रिकभर भएको छ । ‘भिटेन’ को च्यानल पाकिस्तानी ह्याकरले ह्याक गरेको बताइएको छ । ह्याक भएको ५ दिनपछि राजु दंगालले ‘भिटेन’ को युटुब च्यानललई रिकभर गरेका हुन् ।

रिकभर गर्ने राजु दंगलाका अनुसार ह्याक गर्ने पाकिस्तानी ‘इथोरियम’ क्रिप्टो करेन्सीको युजर हुन् । उनहरुले च्यानल ह्याक गरेर सस्पेण्ड गरेर आफ्ना प्रोडकको प्रमोशन गर्नेगरेको रिकभर गर्ने राजु दंगालले बताए । भिटेको युटुब च्यानलमा अहिले सम्ममा १.६३ मिलियन सस्क्राइबर रहेको छ ।