दुखद खबर: मोटरसाइकल दुर्घटना, १ युवकको मृत्यु !


बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धनबहादुर चौधरी रहेका छन् । उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।