युएईमाथि ओमान ७ विकेटले विजयी


चार देशीय टी-२० क्रिकेट प्रतियोगितामा ओमान विजयी भएको छ । ओमानले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

ओमानको जितमा काश्यप प्रजपतिले सर्वाधिक अविजित ६९ रन बनाए । त्यस्तै साइब खान ३४, जितेन्द्र सिंह २२ अयान खान १६ र सन्दीप गउड १२ रनमा अविजित रहे ।