जनकपुरमा वडा अध्यक्षको मोटरसाइकल चोरीको आभियोगमा १ जना पक्राउ !


धनुषाका वडा अध्यक्षको मोटरसाइकल चोरी गरेको आरोपमा एकजना नाबालक पक्राउ परेका छन् । विदेह नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बिनोद गोइतमानले चढ्ने प्रदेश २–०२-००१ब-००३१ नम्बरको सरकारी मोटरसाइकल १ फागुनको राति उनको घरबाटै चोरी भएको थियो ।

 

 

शहीदनगर नगरपालिका-३ यदुकोहास्थित भट्टी चोकबाट चोरी भएको उक्त मोटरसाइकलसहित सिरहाको मिर्चेया नगरपालिका-५ बस्ने एकजना नाबालकलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता एवम डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

ती नाबालकलाई इलाका प्रहरी कार्यालय खजुरीको नियन्त्रणमा राखी चोरी सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएका छन् ।