भोलि एमसीसीविरुद्ध बिसाल आन्दोलन हुदै !


एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलन, नेपालले बुधबार एमसीसी सम्झौता विरुद्ध जुलुस–प्रदर्शन र जनसभा गर्ने निर्णय गरेका छन् । मंगलबार नेकपा (माले) केन्द्रीय कार्यालय रातोपुलको सभाकक्षमा महासचिव सी.पी.मैनालीको अध्यक्षतामा एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन, नेपालसँग सम्बद्ध पार्टी, मोर्चा, अभियान र संगठन/संस्थाको बैठकले सो निर्णय गरेका छन् । बुधबार दिउसो १२ बजे काठमाडौँको पुरानो बानेश्वर चोकको पश्चिमपट्टि भेला भई र्‍यालीको रूपमा नयाँ बानेश्वरतर्फ अघि बढ्दै संसद–भवनको उत्तरपट्टि विरोधसभा गरिने मैनालीले जानकारी दिएका छन् ।

 

साथै यस अभियानमा संलग्न दलहरू सम्बद्ध दलहरूको .मैनालीको अगुवाइमा परिचालित टोलीले प्रधानमन्त्रीको कार्यालय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेस, नेकपा (माओवादी–केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय कार्यालयहरू मार्फत ती दलका शीर्ष नेताहरूलाई ज्ञापन–पत्र समेत दिएका छन । यसअघि नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी.ओलीलाई ज्ञापनपत्र दिइसकेको थियो ।