पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि ! १६०० जना निको


नेपालमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ७५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन्। एक हजार ६०० जना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ। अहिले देशभर १८ हजार २५१ सक्रिय संक्रमित छन्। हालसम्म ११ हजार ९०५ जनाको संक्रमणबाट मृत्यु भएको छ। यस्तै काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन्।