दुखद खबर: जंगलमा झोलाभित्र मानिसको टाउको भेटियो


धरानको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको प्रहरीले जनाएको छ ।

जंगलमा दाउरा खोज्न गएका स्थानीयले झोलाभित्र शव देखेपछि प्रहरीलाई बोलाएका थिए । मृत टाउकोको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।