अब अस्ट्रेलिया जान पाउने भए : 2 बर्षपछि विदेशी यात्रुलाई प्रवेशमा अनुमति
अस्ट्रेलियाले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुलाई प्रवेशमा अनुमति दिएको छ । आज अस्ट्रेलियामा ५० वटाभन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ । कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो । अब खोपको पूर्णमात्रा लगाएका यात्रुहरू क्वरेण्टीनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।
अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद खबर रहेको बताएका बीबीसीले जनाएको छ ।