दुखद खबर : करेन्ट लागेर युवकको मृत्यु


बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रिमाल्नीस्थित पृथ्वीराजमार्गमा ट्रकमा डोजर लोड गर्दै गर्दा विद्युत‍्को तार टच हुँदा उनको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएपछि डुम्रेस्थित लक्ष्मी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।