अभिनेता पल शाह फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा अनुपस्थित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा आफू विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी फिल्मको प्रिमियरमा अनुपस्थित भएका हुन् । शाहबाट आफू पीडित भएको भन्दै एक नाबालिगले उनी विरुद्ध करणीको उजुरी दिएकी छन् । पलका कारण फिल्मको प्रिमियर समेत ढिला सुरु भएको छ । प्रिमियर कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा आयोजना गरिएको थियो । साँझ ५ः३० मा सुरु हुने भनिएको प्रिमियर पलकै कारणले ७ः३० मा सुरु भएको छ ।
तीन वर्ष अगाडि नै निर्माण सम्पन्न भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाको कारण रिलिज हुन सकेको थिएन । अहिले शिवरात्रिको छेको पारेर १३ फागुनबाट रिलिज हुन लागेको हो । सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया