तनहुँ सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गरेका छन्।
दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ। भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो। आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली गएका हुन्। स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गरेका हुन्।
प्रतिक्रिया