चम्सुरी’ नामले चर्चित हास्य कलाकार पल्पसा डंगोलको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् ।
मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।
पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । हास्य टेलिश्रृंखला मेरी बास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी उनी ६ महिनापछि गत कात्तिक ३० गते उक्त टेलिफिल्ममा फर्किएकी थिइन् ।
प्रतिक्रिया