Logo

हाँस्य कलाकार चम्सुरीको मिर्गौला प्रत्यारोपण सफल

चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको मिर्गाैला प्रत्यारोपण शल्यक्रिया सफल भएको छ । आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उनको मिर्गौला प्रत्यारोपण शल्यक्रिया भएको हो ।

५ घण्टाको लगाएर उनको शल्यक्रिया गरिएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए । उनलाई आफनै भाइ अजु डंगोलले मिर्गौला दिएको उनले बताए ।

उनका अनुसार पल्पसा र उनको भाइको अवस्था सामान्य रहेपनि पल्पसालाई होस आउन अझै केही घण्टा लाग्नेछ । आठ महिनाअघि उनका दुबै मिर्गौला फेल भएका थिए । उनी मेरी बास्सैको टेलिसिरियलमा चम्सुरीको भूमिकामा खेलिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्