ताप्लेजुङमा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ।
फुङलिङ नगरपालिका वडा नम्बर ४ कोप्चे भन्ने ठाउँमा आगलागी भएको हो। आगलागीमा परेकी एक वृद्धाको उपचारका क्रममा: मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीमा परेर ६७ वर्षकी चुलीमाया लिम्बूको मृत्यु भएको हो।
आगलागीबाट एउटा घरमा पूर्ण क्षति भएको छ भने अर्को घरमा आधा भाग क्षति पुगेको छ।आज बिहान ७:३० बजे आगलागी सुरू भएको थियो। आगो नियन्त्रणमा लिइसकिएको उनले बताए। के कारणले आगलागी भएको हो भन्ने खुल्न बाँकी रहेको उनले बताए।














प्रतिक्रिया