शर्मिला वाइबा चितवनबाट पक्राउ, सात दिनको म्याद थपेर अनुसन्धान गर्दै प्रहरी


युट्युबमार्फत् चरित्र हत्या गरेको भन्दै शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ। स्लेब नेपाल र एवन मिडिया नामक युट्युब च्यानलबाट उनले पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप प्रहरीको छ।

प्रहरी प्रवक्ता नविन्द अर्यालले वाइबालाई चितवनबाट पक्राउ गरेको जानकारी दिएको छ। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर लगाइएको छ। प्रवक्ता अर्यालका अनुसार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिघ अनुसन्धान सुरु गरिएको छ।

पल शाह प्रकरणमा अभिनेत्री रेखा थापाको अभिव्यक्तिप्रति केही समयअघि वाइबालगायत केही युट्युबरहरुले गालीगलौज गरेका थिए। आफूलाई धम्की दिएको र तथानाम गालीगलौज गरेको भन्दै अभिनेत्री थापाले केही युट्युबरहरुविरुद्ध उजुरी दिएकी थिइन्।