डाेटीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे घटनास्थलमा मृत्यु भएको छ।
मंगलबार पुर्वीचौकी गाउँपालिका–७ पोखरीको तिनट्टेमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा परी ट्याक्टर चालक गौरीगंगा नगरपालिका-४का ज्ञानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
यस्तै ट्याक्टरमा सवार अछाम चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल घाइते छन्। उनकाे जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ।
प्रतिक्रिया