३८ बर्षिय कांग्रेशका युवा नेता दुर्गा राज गिरीको वडा अध्यक्ष पदमा सर्वसम्मत उमेद्वारी घोषणा


दिपक गिरी

सर्लाही, २२ चैत ।

सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा न. २ का नेपाली कांग्रेश जिल्ला वडा उपसभापति दुर्गा राज गिरी (रीतेश गिरी ) स्थानीय चुनावमा वडा अध्यक्षको उमेद्वारी पदमा सर्वसम्मत चयन भएका छन। १२ बर्ष देखि राजनीतिक क्षेत्रमा सक्रिय रहेका गिरी सरस्वती नि.मा.बि हजरियाको नेपाली शिक्षक, नमस्ते युवा क्लबको अध्यक्ष, नेपाली दशनामी समुहको केन्द्रिय सदस्य, सफलता समुहको अध्यक्ष साथै विभिन्न संघ संस्थामा आबद्ध छन। पेशाले शिक्षक भएपनि राजनीतिमा रुचि भएकोले यस क्षेत्रमा लागेको उनि बताउछन। भौतिक पुर्वाधारमा केहि प्रगति भएपनि समग्रतामा यो वार्डले फड्को मारेको छैन । तराइ क्षेत्रको सर्लाही जिल्ला भारतको सिमाना संग जोडिएको क्षेत्र भएकोले दैनिक उपभोग्य सामाग्रीमा अचाक्ली मुल्यवृद्धि भएको छ ।

वार्डको समग्र मुहार फेर्नका लागि बजार नियन्त्रणमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने छौ । वार्डमा शान्तिसुरक्षा हरहालतमा कायम राख्न सार्थक पहल हुनेछ । सुकुम्बासी र बेरोजगारी समस्या वार्डका प्रमुख चुनौती हुन् । यो समस्यालाई सशक्त रुपमा उठान गर्ने प्रतिनिधि वार्डवासीले खोजी गरेको भन्दै त्यसका लागि आफु उपयुक्त पात्र हुने दुर्गा राजको दाबी छ । उनले वार्ड अध्यक्ष उम्मेद्वारमा आफुलाई विजयी गराउन अपिल समेत गरेका छन। अब भने आउदै गरेको स्थानीय चुनाव बैशाख ३० गतेको चुनाव प्रचार प्रसारको लागि लाग्ने उनि बताउ छन।