बरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाबाट काठमाडौंको मेयरका उम्मेदवार !


राप्रपाले काठमाडौंको प्रमुखमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । कलाकार श्रेष्ठको नाम सिफारिस गरिएको एक नेताले समय सान्दर्भिकलाई जानकारी गराएको छ । कलाकार श्रेष्ठ ५ दशकदेखि कलाकारिता यात्रामा अनवरत रुपमा लागि परेका छन् । उनी कलाकारका साथै समाजसेवा लगायत विभिन्न सामाजिक कार्यमा समेत रुची पूर्वक काम गर्दै आएका छन् । उनी काठमाडौँ महानगरपालिकाको अन्य प्रत्यासी भन्दा चिरपरिचित र लोकप्रिय व्यक्तिको रुपमा चिनिदै आएका छन् । उनको ख्याती राष्ट्रदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो छ ।

व्यक्तिगत रुपमा भन्नु पर्दा उनी स्वदेशमा धेरै प्रतिष्ठित व्यक्तिका साथै बिदेशमा समेत चर्चित व्यक्तित्वहरुसँग सामिप्यता राख्नुहुन्छ । कलाकार श्रेष्ठले दोलखाको खरिढुङ्गामा आफ्नै बिशेष पहलमा फिल्म सिटि बनाउने काममा समेत लागि पर्नु भएको छ । कलाकार श्रेष्ठलाई हाम्रो पनि बिजयका लागि अग्रिम शुभकामना ।