महोत्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। धनुषा घर भई महोत्तरी भंगहा नगरपालिका-६ हातिसर्वा मामा घर बस्दै आएका राम आशिष महतोका १० वर्षीय छोरा शिवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
सोही ठाउँमा रहेको शिव मन्दिर छेउमा रहेको पानी खाने कल चलाउने क्रममा अचानक करेन्ट लगेर बालकको मृत्यु भएको हो। त्यस कलमा मोटर जडान भएको हुँदा त्यहाँबाट करेन्ट प्रवाह भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। घटनाको खबर पछि प्रहरीको टोली खटिएको थियो। शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया