मंगलबार बिहानदेखि राखिएको महानगरको मतगणना पुनः सुरु भएको हो । पोखरा १८ को मतगणनाका बेला मुख्य निर्वाचन अधिकृतले दिएको तथ्याङ्क अनुसार खसेको मतभन्दा कम भएपछि एमालेले अवरोध गरेको थियो । यस वडामा एमाले उम्मेदवार ३ मतले पराजित भएका छन् । तर मत खसेको भन्दा बाकसमा ९ मत कम रहेको जनाइएको छ ।
एमालेले उक्त ९ भोट आफ्नो भएको दाबी गर्दै गणनाबाट बीचैमा आफ्ना प्रतिनिधि फिर्ता बोलाएको हो ।लगातारको प्रयास र छलफलपछि कानुन अनुसार उक्त वडाको मतबारे निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृत कार्यालयले अरू बाँकी वडाको गणना सुरु गरेको हो । अहिले एमाले पनि सहभागी भएको छ । एमालेले पुनः मतगणनाको माग गरेको थियो ।
प्रतिक्रिया