आफूलाई माओवादी आन्दोलनको मूल धार दाबी गर्दै आए पनि चन्द नेतृत्वको नेकपा पछिल्लो समय एकपछि अर्को फूटबाट गुज्रिएको छ। बिहीबार पार्टीका पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्जार्ज ओमप्रकाश पुनसहित ४ जनाले पार्टी परित्याग गरेका हुन् । बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजनीतिक धार बाटो बदलेको घोषणा गर्दै पुनसहित शीर्ष ४ नेताले पार्टी छाडेका हुन् ।
पार्टीबाट राजीनामा घोषणा गर्नेहरूमा संविधानसभा सदस्यसमेत रहेका पार्टीका केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाकाली इन्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियार रहेका छन् । माओवादी धारा र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुविकृत गर्नुपर्ने अहिलेको आवश्यकता रहेको पनि उनीहरूको ठहर छ ।
प्रतिक्रिया