जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य दीपक महतोले सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणा गरेपनि पार्टीको नाम खुलाइएको छैन । उनले भने, ‘चुनाव लड्ने जसपाबाट नै हो तर पार्टीमा विवाद चलिरहेको छ, भोलि गएर के अवस्था हुने हो थाह छैन, टिकटको अवस्था के हुने हो त्यो पनि थाह छैन त्यही भएर अहिले पार्टीको नाम खुलाएको छैन ।
जसपाबाट नभएपनि अन्य पार्टीबाट पनि चुनाव लड्ने आफ्नो तयारी रहेको उनले बताए ।समाजवादी युवा संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका नेता महतो यसअघि पनि तत्कालिन नयाँ शक्तिबाट चुनाव लडेका थिए । त्यतिबेला उनले २८ सय मत ल्याएका थिए । यसपटक जसपाबाट चुनाव लड्ने तयारीमा लागि सकेका छन् । सो क्षेत्रबाट अहिले माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादव चुनाव जितेका छन् ।
उनी विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका थिए । २०६२-६३ जन आन्दोलन, मधेश जनविद्रोह, २०७२ सालको दोस्रो मधेश आन्दोलनमा सहभागी भई विभिन्न काल खण्डमा आन्दोलनका अगुवाई तथा नेतृत्व गर्दै आएको छ । ‘पटक–पटक लड्यौ व्यवस्था परिवर्तनका लागि अव अवस्था परिवर्तनका लागि लडौँ’ नाराका साथ उनले उम्मेदवारी घोषणा गरेका छन ।
प्रतिक्रिया