काठमाण्डौँको क्षेत्र न. ६ मा अब्दुस मीयाँको उम्मेदबारी घोषणा


बिगत लामो समय देखि बिबेकसिल साझामा आबद्द भएका अब्दुस मीयाँले स्वतन्त्रतर्फ काठमाण्डौँको क्षेत्र न.६ बाट उम्मेदबारी दिएका छन्। आज काठमाण्डौँको दरवारमार्गमा पत्रकार सम्मेलन गर्दै आउदै गरेको संसदीय चुनाबमा काठमाण्डौँको क्षेत्र न.६ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताएका हुन्। उक्त पत्रकार सम्मेलनमा रोहित मल्ल,अभिबिन्द खानिया,अभियान्ता हेमराज थापा,सोम शर्मा विभिन्न अभियान्ताहरुको सहभागिता रहेको थियो।

नेपालीले विभिन्न क्षेत्रबाट अध्यन गरेर आफ्नै देशमा राजनीतिमा योगदान दिन चाहना हुदाहुदै पनि योगदान दिन नपाइ रहेको उनले बताएका छन् । लाखौ नेपालीले परदेशमा आफ्नो अमुल्य पसिना , रगत अरुको भूमिमा बगाउनु परेको एकदमै दुखद रहेको उनले बताए। हामि नेपालीले भोट दिएर जितायौ मात्र तर नेपालीको दैनिकीमा भएको कठिनाइ , परदेशमा नेपालीले गरेको दुखलाई कहिले पनि भोट दिने सांसदले यस समस्याको सावधान भने गरेनन्। जनताकै भोट मार्फत देश परिवर्तन हुने भएकाले अब युवालाई भोट दिएर देशलाई सहि दिशातर्फ लग्न महदत्त गर्न आग्रह गरेका छन्।