नयाँ राजदूतका रूपमा डिन थोम्प्सनलाई सिफारिस


जो बाइडेन सरकारले चैतमा नै नेपालका लागि नयाँ राजदूतका रूपमा डिन थोम्प्सनलाई सिफारिस गरेपछि वर्तमान राजदूत र्‍यान्डी बेरीलाई अफ्रिकी मुलुक नामिबिया पठाउने भएको छ । बेरीले नेपालमा झन्डै चार वर्ष बिताएका छन् । दूतावासमा बेरीका उपनियोग प्रमुखका रूपमा काम गरेका मानुएल पी. मिकलरलाई पनि बाइडेनले ताजकिस्तानको राजदूत सिफारिस गरेको छ । बेरी र मिकलरलाई यसै साता नामिबिया र ताजकिस्तानका लागि राजदूतका लागि सिफारिस गरिएको हो ।

नेपाल आउन लागेका थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य रहेका छन् । कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा ‘प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी’ का रूपमा कार्यरत रहेका छन् । त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गरेका थिए । विटेनबर्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण थोम्पसनले मेरिल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । त्यस्तै नेसनल वार कलेजबाट उनले ‘राष्ट्रिय सुरक्षा रणनीति’ मा स्नातकोत्तर पनि गरेका छन् । उनी रोमानियाली र बंगाली भाषामा पनि दख्खल राख्छन् ।

जो बाइडेन सरकारले चैतमा नै नेपालका लागि नयाँ राजदूतका रूपमा डिन थोम्प्सनलाई सिफारिस गरेपछि वर्तमान राजदूत र्‍यान्डी बेरीलाई अफ्रिकी मुलुक नामिबिया पठाउने भएको छ । बेरीले नेपालमा झन्डै चार वर्ष बिताएका छन् । दूतावासमा बेरीका उपनियोग प्रमुखका रूपमा काम गरेका मानुएल पी. मिकलरलाई पनि बाइडेनले ताजकिस्तानको राजदूत सिफारिस गरेको छ । बेरी र मिकलरलाई यसै साता नामिबिया र ताजकिस्तानका लागि राजदूतका लागि सिफारिस गरिएको हो । नेपाल आउन लागेका थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् । कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा ‘प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी’ का रूपमा कार्यरत छन् । त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए ।त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गरेका थिए । विटेनबर्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण थोम्पसनले मेरिल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् । त्यस्तै नेसनल वार कलेजबाट उनले ‘राष्ट्रिय सुरक्षा रणनीति’ मा स्नातकोत्तर पनि गरेका छन् । उनी रोमानियाली र बंगाली भाषामा पनि दख्खल राख्छन् ।