काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ १२ औँ तहमा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ ।
स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा. संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो ।
मन्त्रालयमा आज बसेको बढुवा समितिले पहिलो नम्बरमा डा. बराकोटी तथा दोस्रो नम्बरमा डा. मिश्राको नाम सिफारिस गरेको छ ।
स्वास्थ्यमा अहिले १२औँ तहको एउटा पद रिक्त छ । उमेर हदका कारण गत २ माघमा अवकाश पाएका प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको स्थान खाली छ ।
सो स्थानमा बढुवा लागि मन्त्रालयले गत ६ चैतमै सूचना निकालेको थियो ।
प्रतिक्रिया