वर्षाले डुवायो झापा, के गर्दैछन् नागरिकहरु ?


झापा : भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ ।

सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।

जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् ।

नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनलदे बताए ।

‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग ढुवानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौं घर ढुवानमा परेका छन्,’ ढकालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे ।