Logo

म किन भोट दिम ?

              नेताजि !

मैले तिमिलाई कुनै दिन मागिन,
मार्क्स , एङेल्स , स्टालिन र मावहरुको साम्यवाद
सर्लक्क ल्याइदेउ भएर ।
मैले तिमिलाई कहिल्यै भनिन,
यही जुनिमा सर्लक्कै बुद्ध बनि भ्याईदेउ भनेर।
मैले तिमिलाई कहिल्यै भनिन,
प्लेटो र अरस्तुको राजनैतिक दर्शन बुझाईदेउ भनेर।
नत मागें पुँजिबाद,समाजबाद,उदारबाद र नव उदारबादको भेद,
सर्लक्कै सुझाइदेउ भनेर ।
मैले मागेको फगत,
समाजले हेप्ने काले कामिहरुलाई कालु सम्म भनिदेउ ।
समाजले हेप्ने सुइरे दमाइहरुलाई सुर बहादुर बनाइदेउ ।
मेरो घरमा पाकेको सिठिपोठो यसो चाखिदेउ ।
मेरा बा आमाको अलिकति मान राखिदेउ ।
मेरा बालबच्चा पढ्ने बिद्यालयको छाना ढाकिदेउ ।
मेरो आस्थामाथि थोरै बिश्वास राखि देउ।
मैले तिमिसंग आस गर्या यत्तिन हो ।

तर बिडम्बना, मैले तिमिलाई मान्नै सकिन,
मरि गए आफ्नो ठान्नै सकिन !
किन था छ नेताजि ?

तिमि हिंस्रक छौ , तिम्रो छेउ म किन परुँ ?
तिमि अराजक छौ, तिम्रो प्रशंसा म किन गरुँ ?
तिमि स्वार्थी छौ, तिम्रो निम्ति म किन मरुँ ?
विचार र आदर्शलाई तिमि थाङ्नाको पुतली जत्ति मान्दैनौ,
तिम्रै पछि म किन परुँ ?

माफ गर नेता जि,
गरिव भरिया र बटुवाले बिसाउने चौतारिमा,
अगुवाको पगरी गुथेर बिस्ठ्याउने,
छेवैमा बडदै गरेको पिपलको मुन्टा चुँडेर मलद्वार पुछ्ने,
तिमि जस्ता पातकीलाई म किन भोट दिम ?

यस कविताका लेखक तुलसीराम पुरी पर्यटन व्यवसायमा आवद्ध हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्