‘धान दिवस’ मनाइने नेपालमा वर्षेनि भित्रिन्छ अर्बौंको धान


 

आज १५ असार अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज धान दिवस मनाईदै छ ।

धान दिवस मनाइने नेपालमा वर्षेनी अर्बौं रुपैयाँको धान विभिन्न देशबाट भित्रिने गर्छ । यो तथ्य भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो एघार महिनामा मात्र विश्वका विभिन्न देशबाट १६ अर्ब ७९ करोड १७ लाख ४९ हजार रुपैयाँको धान नेपाल भित्रिएको पाइएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिना अर्थात २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको धान नेपालले आयात गरेको हो ।

चालु आर्थिक वर्षमा प्रत्येक महिना औषतमा १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको धान नेपालले आयात गर्दै आएको छ । धान आयातको गति यही रहे चालु आर्थिक वर्षमा नेपालले करिव साढे १८ अर्ब रुपैयाँको धान आयात गर्ने देखिन्छ ।

पछिल्लो एघार महिनामा नेपालले विभिन्न देशबाट ५४ करोड ५१ लाख १७ हजार २१० केजी धान आयात गरेको छ ।