एसएसपी जोशीद्वारा झम्सीखेलमा नयाँ ट्राफिक लाइट उदघाटन


 

एसएसपी उमेश राज जोशीद्वारा ललितपुरको झम्सीखेलमा नयाँ ट्राफिक लाइट उदघाटन गरेका छन्।

उपत्यका ट्राफिक प्रमुख एसएसपी उमेश राज जोशीको प्रमुख आतिथ्यमा र ललितपुर महानगरपालिका वडा नं. ३ को सहकार्यमा झम्सीखेल चेकमा सेन्टरलाइज ट्राफिक लाइट उदघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौ उपत्यकाकाे सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले तिव्र गतिमा काम गर्दै आएको छ । उपत्यकाका विभिन्न ठाउँमा विभिन्न संघसंस्थाकाे सहयोग तथा सहकार्यमा ट्राफिक लाइटहरु जडान गरेर सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन सुरुवात गरिएको हाे । उपत्यकाका अधिकांश ठाउँमा अहिले ट्राफिक लाइटहरु जडान भएर संचालनमा छन् ।