निर्वाचन परिचालन समितिको बैठक बस्दै


काठमाडौं : नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको परिचालन समितिको बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो।

उक्त समितिमा शीर्ष तहबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला बाहेकका सबै शीर्ष नेताहरु छन् । खड्का नेतृत्वको समिति ५६ सदस्यीय गठन भएको थियो ।

स्थानीय तहको निर्वाचनको समग्र विषयमा छलफल गर्न बैठक बोलाइएको संयोजक खड्काले जानकारी दिए ।