मधेस : मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गर्दै असार २० गतेका लागि बैठक आह्वान गरिएको जनाएको हो ।
प्रदेश सरकारले बजेट घोषणा गरे पनि रातो किताब (रेड बुक) छपाइ नभएका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको थिएन ।
केही प्रदेशमा बजेटमाथि छलफल सकिएर विनियोजन विधेयक पारित भइसके पनि मधेस प्रदेशले भने बजेटमाथि छलफल प्रारम्भ नै गर्न नसकेको हो ।
प्रतिक्रिया