आतंक मच्चाएको बाघलाई ठोरी युवाले लिए नियत्रणमा


पर्साको ठोरीमा आतंक मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।

एक सातादेखि ठोरी गाउँपालिका-१ मा गाउँ पसेर आतंक मच्चाएको पाटे बाघलाई निकुञ्जका बगही सेक्टरका सहायक वार्डेन प्रमोद यादवको टोलीले नियन्त्रणमा लिएर कसरा लगेको हो ।

इन्जेक्सनको माध्यमबाट बेहोस बनाएर शनिबार नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको वन्यजन्तु एम्बुलेन्सद्वारा कसरा लगिएको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिएका छन् ।

बाघ नियन्त्रणमा लिन एक सातादेखि तीन व६ हात्तीको समेत प्रयोग गरिएको थियो ।